नेपाल विद्युत प्राधिकरण, पोखराका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | पुस २९, २०८२

नेपाल विद्युत प्राधिकरण, पोखराका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा तस्बिर फाइल

काठमाडौं:  नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० मि.मि.को १७४ मिटर र १२० मि.मि. को ७४६ मिटर पिभिसी तार हराएको भनी केन्द्रका स्टोर प्रमुखले २०८० वैशाख ५ मा कार्यालय प्रमुख समक्ष निवेदन दिएको देखिएको छ । 


उक्त तार हिनामिना गरी हानी नोक्सानी पुर्‍याएको आरोपमा सिंहसहित केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सुरक्षा कार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा १३ लाख ९३ हजार ६०३ रुपियाँ बिगो रकम कायम गरी उनीहरूविरुद्ध कैद र जरिवाना गरी बिगोसमेत असुल उपर हुन माग दाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्